काठमाडौं। नेकपा वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली केशरजंग रायमाझीको दोस्रो संस्करण भएको बताएका छन्। शुक्रबार बबरमहलमा नेकपाको पेशागत विशेष जिल्ला कमिटीको प्रशिक्षणमा बोल्दै नेता खनालले यस्तो बताएका हुन्।
उनले भने, ‛हिजो कम्युनिस्ट आन्दोलनले केशरजंग रायमाझी जन्मायो। अहिले केपी ओली जन्माएको छ। ओली केशरजंग रायमाझीको दोस्रो संस्करण हुन्।’
नेता खनालले आफूहरुले समाजवादको जग हाल्नुपर्ने भन्दै तत्कालका लागि निजी क्षेत्रको पनि सहभागिता अघि बढ्न आवश्यक रहेको बताए।
उनले समाजवादका सम्बन्धमा आफूहरुलाई राष्ट्रिय नीति जरुरी रहेको बताए। नेता खनालले आर्थिक नीति, स्वास्थ्य नीति, शिक्षा नीति, वैदेशिक नीति लगायतका विषयमा गम्भीर छलफल गर्नुपर्नेमा जोड दिए।



लोकपाटी न्यूज

