काठमाडौं, २४ पुस । भारतीय जनता पार्टी (भाजपा)का वरिष्ठ नेता जयंतीलाल भानुशालीको गएराति गोली हानी हत्या भएको छ । उनीमाथि रेलमा यात्रा गरिरहँदा अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको थियो ।
बलात्कार काण्ड
जयंतीलाल अब्दसा सीटमा विधायक रहिसकेका छन् । हालै बीजेपीका यी वरिष्ठ नेतामाथि सूरतकी एक युवतीले बलात्कारको आरोप लगाएकी थिइन् । यद्यपी पछि युवतीले गुजरात उच्च अदालतमा भानुशालीमाथि कारवाही नचाहेको बताइन् । उनले आफूहरु सम्झौता भइसकेको बताएकी थिइन् ।
के थियो घटना ?
सूरत क्राइम ब्रान्चमा यस घटनाको अनुसन्धान भइरहेको थियो । प्रहरीमा युवतीले दिएको उजुरीका अनुसार फेशन डिजाइनिङ कोर्षमा भर्नाका लागि युवतीले एक नातेदारसँग जयंतीलाललाई भेटेकी थिइन् । त्यसपछि जयंतीलालले भर्नाको बहानामा युवतीलाई अहमदाबाद बोलाएका थिए । युवतीले जयंतीलालले आफूलाई कारमा राखेर अश्लील भिडियो देखाएको र फेरी यौनशोषण गरेको आरोप लगाएकी थिइन् । यस घटनापछि उनलाई पार्टीबाट निष्काशनसमेत गरिएको थियो ।
जयंतीलाल कच्छ क्षेत्रका एक वरिष्ठ नेता थिए ।
यो पनि पढ्नुहोस् :



लाेकपाटी न्यूज

