केपी शर्मा ओली राजनीतिक क्यान्सर हुन् : बाबुराम भट्टराई

Baburam_Bhattarai
लोकपाटी न्यूज

काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केपी शर्मा ओली राजनीतिक क्यान्सर भएको बताएका छन्। नेकपा प्रचण्ड-माधव पक्षद्वारा आयोजित राजनीतिक अन्तरक्रिया कार्यक्रममा बोल्दै बाबुरामले यस्तो बताएका हुन्।

बाबुरामले भने, ‘केपी ओली भनेका नेकपाको शरीरमा पलाएको राजनीतिक क्यान्सर हुन्। त्यो क्यान्सरलाई पालेर राख्नुभयो भने तपाईंहरुलाई त खान्छ खान्छ हामीलाई पनि खाने खतरा छ।’

बाबुरामले प्रतिनिधिसभा भंग गरेर प्रधानमन्त्री ओलीले घोषणा गरेको मध्यावधि निर्वाचन नहुने दाबी गरे। उनले प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त संघर्ष गर्नुपर्ने तर त्यसका लागि सत्तारुढ नेकपासँग सहकार्य गर्न समस्या हुने बताए। उनले अहिले नै नेकपाको प्रचण्ड–नेपाल समूहसँग सहकार्य गर्दा फेरि उनीहरुले केपी ओलीलाई बोकेर सँगसँगै जाने डर भएको बताए।

उनले संयुक्त सघर्ष नगरेसम्म जनताले आन्दोलनमा साथ नदिने भएकाले त्यसको खाँचो भने रहेको बताए। बाबुरामले पहिला संविधानको रक्षाका लागि आन्दोलन गर्नुपर्नेमा जोड दिए।