काठमाडौंमा अनेरास्ववियूको बृहत भेला आज, ओलीले सम्बोधन गर्ने

KP Sharma Oli-33
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली निकट विद्यार्थी समूहले आज काठमाडौंमा वृहत भेलाको आयोजना गरेको छ। बबरमहलस्थित कार्की पार्टी प्यालेसमा मध्यान्ह १२ बजे ओली समूह निकट अनेरास्ववियूले भेलाको आयोजना गर्दैछ।

भेलालाई प्रधानमन्त्री ओलीलगायत अन्य उच्च नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको अनेरास्ववियूका नेता आरसि लामिछानेले जानकारी दिए। माइतीघर मण्डलामा भेला भई कार्की ब्याङकेट जाने कार्यक्रम रहेको संगठनले जनाएको छ।

यसअघि ओली समूहले शनिबार काठमाडौंको प्रज्ञा भवनमा काठमाडौं जिल्लास्तरीय कार्यकर्ता भेला गरेको थियो।