काठमाडौं। आज प्रज्ञा भवनमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षको काठमाडौं जिल्ला कार्यसमितिले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा कालो मास्क, टोपी र गलबन्दी लगाउन प्रतिबन्ध लगाइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी भएका उक्त कार्यक्रममा कालो मास्क, टोपी र गलबन्दी लगाउन प्रतिबन्ध लगाइएको हो।
कालो मास्क, टोपी अथवा गलबन्दी लगाएका नेता तथा कार्यकर्तालाई सुरक्षाकर्मीले प्रवेशद्वारमै रोकेका छन्। कालो मास्क, टोपी वा गलबन्दी फुकालेपछि मात्र उनीहरुलाई पस्न अनुमति दिइएको थियो।
काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, शिक्षा तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ लगायत नेताहरुको सहभागिता रहेको छ।



लोकपाटी न्यूज

