शनिवार ललितपुरमा दुई पटक विद्युत काटिने, चितवनमा दिनभरी काटिने

लोकपाटी न्यूज

काठमाडौं। नेपाल विद्युत प्राधिकरण शनिबार ललितपुरमा दुई पटक विद्युत काट्ने भएको छ।

पुल्चोक वितरण केन्द्र अन्तर्गत एनसेल फिडरमा समस्या आउँदा दिउँसो १ बजेदेखि डेढ बजेसम्म र अपरान्ह ३ देखि साढे ३ बजेसम्म विद्युत आपूर्ति कटौती गरिने हो।

उक्त फिडरबाट लाइन लिएका गणेशथान, एकान्तकुना, खाद्य गोदाम, मेडीसिटी हस्पिटल, आदिनाथ मार्ग, गणेश मन्दिर, मन्जु श्री मार्ग, भन्ज्याङ पिपल बोट, मगर गाउँ, सानो खोकना, खोकना, कार्यविनायक, बुङमती, नेवा ईट्टा, चुनिखेल, कतार एम्बेस्सी, खोइचा, फर्सिडोल, जोर्खु, टोकलमाथ, खहरे, डुकुछाप र दनुवार बस्ती लगायतका क्षेत्रहरुमा विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

मर्मत कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत प्राधिकरणले जनाएको छ।

चितवनमा बिहान ९ बजे देखि बेलुका ४ बजे सम्म विद्युत आपूर्ति अवरुद्ध हुने पनि प्राधिकरणले जनाएको छ।

सघन सहरी तथा भवन निर्माण आयोजनाले विद्युतका पोल सराउने भएकाले पृथ्वीनगर ब्रम्हपुरी र उननत वीज वरिपरि गीतानगर फिडर बिहान ९ बजे देखि बेलुका ४ बजे सम्म सटडाउन हुने छ।

रुखका हाँगा काट्नको लागि लायन्सचोक देखि पुल्चोक सम्म भृकुटी फिडर पनि बिहान १० बजे देखि ४ बजे सम्म सटडाउनमा राखेर काम गर्नुपर्ने प्राधिकरणको सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्