पार्टी विभाजनले मुटु फुटेको अनुभूति गरेको छु : दिनानाथ शर्मा

Dinanath sharma_
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय सभा सदस्य दिनानाथ शर्माले नेकपा विभाजनले आफ्नो मुटु फुटेको अनुभव गरेको बताएका छन्। राष्ट्रिय सभाको सातौँ अधिवेशनलाई सम्बोधन गर्दै सांसद शर्माले त्यस्तो बताएका हुन्।

“नेकपा मिलेको कारण जनता खुसी भएका थिए ।त्यसैकारण हामीलाई बहुमत दिए। तर पार्टी विभाजनले जनता निराश छन्। पार्टी विभाजनले मेरो मुटु फुटेको अनुभव गरेको छु। विगतका फुटहरुमा मैले यति पिडाको अनुभव गरेको थिइन्।” उनले भने।

नेकपा लामो समयदेखि विभाजन हुँदै मिल्दै आएको प्रशंगलाई कोट्याउँदै उनले यसअघिको विभाजनले त्यति धेरै पिडा नलागेको तर अहिलेको विभाजनले आफूलाई पिडा लागेको बताए। अहिलेको पार्टी विभाजन कुनै शिद्धान्त, विचार र दर्शनको आधारमा नभइ राजनीतिक कारणले विभाजित हुन गएको बताए।

पहिले दार्शनिक कारणले विभाजित भएको जसमा आन्दोलनमा जाने वा नजाने भन्ने कुरामा भएको तर अहिले राजनीतिक स्वार्थका लागि भएको टिप्पणी गरे । त्यस्तै अझै पार्टी एकिकरण हुनसक्ने सम्भावनाहरु रहेको समेत जोड दिएका छन् । त्यसका लागि सांसदहरुले बाँकी केही रसायनहरु भए प्रयोग गरेर त्यसलाई जोगाउन सकिने बताए।

त्यस्तै पार्टीका उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभामा आएको स्वागत गर्दै पार्टी एकिकरणका लागि लिएको संकल्प पूरा गर्न समेत आग्रह गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्