काठमाडौं। काठमाडौं उपत्यकाको तापक्रम शून्यमा झरेको छ। आज बिहानको तापक्रम शून्य डिग्रीमा झरेको हो। विहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम १ दशमलव २ रहेकामा पौने ९ बजे मापन गर्दा तापक्रम झन घटेर ० दशमलव ८ डिग्री सेल्सियस पुगेको मौसम विभागले जनाएको छ।
यो यस वर्षकै सबैभन्दा कम तापक्रम हो। अर्थात् सबैभन्दा चिसो दिन। विभागका अनुसार भोलि (शुक्रबार) को तापक्रम पनि शून्यकै वरिपरी रहन सक्नेछ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सबैभन्दा कम जुम्लामा न्यूनतम तापक्रम माइनस ८ दशमलव ५ छ।
दिपायलमा न्यूनतम तापक्रम ० दशमलव ४ डिग्री सेल्सियस रहँदा वीरेन्द्रनगरको न्यूनतम तापक्रम १ दशमलव ९ डिग्री सेल्सियस रहेको छ। मौसमविद राजु प्रधानांगले केही दिनयता चिसो बढ्न सक्ने भन्दै तराई मधेसका जिल्लामा बाक्लो हुस्सु लाग्नेक्रम पनि जारी रहने बताए।



लोकपाटी न्यूज
