बर्दिया। बर्दिया जिल्लाको विभिन्न नाकाबाट अबैध रुपमा भन्सार छली ल्याएका सामान बरामद गरिएको छ। सशस्त्र प्रहरीको गस्ति टोलीले बर्दियामा भारतबाट अबैध रुपमा भित्राइएका सामान सोमबार बरामद गरेको हो।
सशस्त्र प्रहरी बल नेपालको सीमा इलाकामा हुने अबैध चोरी, तस्करी र अपराध नियन्त्रणको लागि खटिएको सशस्त्र प्रहरीको गस्ति टोलीले बर्दिया कपडा, काठ र अन्य विविध सामानहरु बरामद गरेको हो।
बरामद गरिएका सामानको मूल्य (चार लाख चौहत्तर हजार चार सय चवालिस) रहेको एसपी नरबहादुर रावतले जानकारी दिए। उक्त बरामद गरिएका सामान सम्बन्धित कार्यालयमा बुझाएको छ।



लोकपाटी न्यूज
