कोरोना बिमाबापत १५ हजार बढिले पाए, साढे १ अर्बभन्दा बढि भुक्तानी

लोकपाटी न्यूज

काठकाडौं। कोरोना बिमाबापत भुक्तानी लिनेको संख्या १५ हजार नाघेको छ। शुक्रवारसम्म १५ हजार ८७९ जनाले कोरोना बिमाबापतको रकम भुक्तानी लिएका बिमा समितिको तथ्यांक रहेको छ। ती व्यक्तिहरुलाई हालसम्म १ अर्ब ५४ करोड ९३ लाख २५ हजार रुपैयाँ भुक्तानी भएको समितिको भनाई छ ।साथै, थप २ हजार ५१३ जना भुक्तानी पाउने पक्रियामा रहेका छन् ।

३ हजार ५५५ जनाको फाइल भने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) बाट स्वीकृत हुने प्रक्रियामा छ ।
थप ८७२ जनाको फाइल इडीसीडी पठाउने तयारी भएको बिमा समितिले बताएको छ। यता, बिमा समितिले भुक्तानीका लागि आवश्यक कागजपत्र पूरा नभएको भन्दै २ हजार ५३ फाइल सम्बन्धित बिमा कम्पनीहरुमा फिर्ता पठाएको जनाएको छ । यस्तै, ७९ वटा फाइलले बिमा भुक्तानीको मापदण्ड पूरा नगरेको तथा दोहोरो भुक्तानी माग भएको भन्दै रद्द गरिएको छ।

कोरोना बिमाको दाबी भुक्तानीमा ढिलाई भएको भन्दै बीमितहरुले गुनासो गर्दै आएका छन्। कोरोना बिमाको दाबी भुक्तानीमा भएको ढिलासुस्तीको चौतर्फी विरोध भएपछि यसअघि अर्थमन्त्री विष्णु पौडेलले समेत चासो राख्दै ७ दिनभित्रै भुक्तानी दिन बिमा समितिलाई निर्देशन दिएका थिए । तर त्यो ७ दिनमा भुक्तानी हुनै नसकेपछि अर्थमन्त्रीले पुनः ३ दिनमा भुक्तानी दिन दोस्रो निर्देशन दिएका थिए। यति हुँदा पनि बीमितले भने समयमा नै भुक्तानी नपाएको गुनासो गरिरहेका छन्।

तर, कोरोना बिमाको दाबी भुक्तानी माग्नेको संख्या बढेसँगै बिमा कम्पनीहरु कोरोना बिमाबाट पाछि हट्न लागेका थिए । यसको चौतर्फी आलोचना र विरोधपछि बिमा समितिले भुक्तानी दिन निर्देशन दिएको थियो । तथापि, सुरुमा कोभिड पोजिटिभ आउनेबित्तिकै बिमा गरे अनुसार भुक्तानी दिनपर्ने व्यवस्था रहेकोमा पछि समितिले मापदण्ड संशोधन गरेर पोजिटिभ आए २५५ तत्कालै र ७५५ रकम अस्पताल वा होटल आइसोलेसनमा बसेको बिल भर्पाइ पेश गरेपछि दिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्