पाँच महिनामा सबैभन्दा धेरै भटमासको तेल निर्यात

लोकपाटी न्यूज

काठमाडौं।नेपालबाट निर्यात भएका वस्तुमध्ये सबैभन्दा अघि भटमासको तेल छ। यो वर्ष भटमासको तेलको माग बढेकाले निर्यातमा उल्लेख्य वृद्धि भएको व्यवसायी बताउँछन। कच्चा पदार्थका रूपमा आयातित भटमास रिफाइन गरेर पुनः भारत निर्यात भएको हो।

भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को चौमासिक प्रतिवेदनअनुसार निर्यात भएका वस्तुमध्ये भटमासको तेल पहिलो नम्बरमा छ। तथ्यांकअनुसार पहिलो चार महिनामा ११ अर्ब ६ करोड रुपैयाँको भटमासको कच्चा पदार्थ आयात भएको छ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ५० अर्बको निर्यात हुँदा १३ अर्ब ५० करोड ६३ लाख रुपैयाँबराबरको ९३ करोड ५५ लाख ९७ केजी भटमासको तेल निर्यात भएको हो ।गत वर्षको पहिलो पाँच महिनामा ३ अर्ब ८ करोड रुपैयाँबराबरको मात्रै भटमास तेल निर्यात भएको थियो ।

व्यवसायीहरूले तेस्रो मुलुकबाट भटमास (कच्चा पदार्थ) आयात गरेर नेपालमा पुनः रिफाइन गरी भारत पठाउँदै आएका छन् । पाँच महिनामा ३ अर्ब ७ करोड रुपैयाँको अलैंची, २ अर्ब ५५ करोड रुपैयाँको चिया र २ अर्ब ५३ करोड रुपैयाँको तयारी कपडा निर्यात भएको छ । यस्तै १ अर्ब ९३ करोड रुपैयाँको जमोठ कपडा र १ अर्ब ५६ करोड रुपैयाँको जुटबाट बुनिएका कपडा निर्यात भएको तथ्यांकमा उल्लेख छ ।

यस्तै चालु आवको पाँच महिनामा ५ प्रतिशतले निर्यात बढेर ५० अर्ब करोड ५५ करोड रुपैयाँबराबरको स्वदेशी वस्तु निर्यात भएको विभागको तथ्यांकले देखाएको छ ।  दोस्रो नम्बरमा सबैभन्दा धेरै अलैंची निकासा भएको छ। यो वर्ष भारतमा अलैचीको उत्पादन कम भएका कारण बजारमा बढ्दो माग भएकाले भारततर्फ अलैंचीको निकासी बढी भएको व्यवसायीहरूको भनाइ छ। पाँच महिनाको अवधिमा मुलुकबाट ३ अर्ब ५ करोड १० लाख रुपैयाँ मूल्य बराबरको ३७ लाख ९० हजार केजी अलैंची निर्यात भएको छ ।

यस्तै सेन्थेटिक यार्न ३ अर्ब १३ करोड र ऊनी गलैंचा कार्पेट ३ अर्ब १० करोड रुपैयाँको निर्यात भएको छ । पाँच महिनामा ३ अर्ब ७ करोड रुपैयाँको अलैंची, २ अर्ब ५५ करोड रुपैयाँको चिया र २ अर्ब ५३ करोड रुपैयाँको तयारी कपडा निर्यात भएको छ ।
यस्तै १ अर्ब ९३ करोड रुपैयाँको कपडा र १ अर्ब ५६ करोड रुपैयाँको जुटबाट बुनिएका कपडा निर्यात भएको तथ्यांकमा उल्लेख छ । मुलुकबाट अधिकांश वस्तुको निर्यात छिमेकी मुलुक भारतमा हुने गर्छ।

आर्थिक वर्ष ०७७/७८ को पाँच महिनामा विभिन्न भन्सारबाट ५० अर्ब ५० करोडको निर्यात हुँदा सबैभन्दा धेरै भन्सार कार्यालय वीरगञ्जले चालु आवको १५ अर्ब ५८ करोड ५४ लाखको सामान निर्यात गरेको छ। साथै उक्त भन्सारबाट १ खर्ब ६४ अर्ब २३ करोड ९८ लाख रुपैयाँ बराबरको आयात भएको छ।
त्यसैगरी विराटनगर भन्सारबाट १२ अर्ब ७४ लाख ६७ लाख बराबरको वस्तु निर्यात गरेको छ। सोही अवधिमा उक्त भन्सारबाट भने ६४ अर्ब ९ करोड ७६ लाखको वस्तु आयात भएको छ। कोभिडको प्रभावले आयात कम हुँदा निर्यातमा सामान्य वृद्धि भए पनि उत्साहपूर्ण नभएको विज्ञहरुको भनाइ छ।

मंसिरसम्ममा व्यापार घाटा घटेको छ भने निर्यात बढेको छ । पाँच महिनाको अवधिमा कुल वैदेशिक व्यापार ५ खर्ब ७५ अर्ब ४४ करोड रुपैयाँको भएको भन्सार विभागको तथ्यांक छ । यसमा ५ खर्ब २५ अर्ब ४९ करोड रुपैयाँको सामान आयात र ५० अर्ब रुपैयाँको निर्यात भएको छ ।

गत वर्षको पहिलो पाँच महिनामा ६ खर्ब २८ अर्ब ८७ करोड रुपैयाँको व्यापार भएको थियो । जसमध्ये ५ खर्ब ८१ अर्ब २५ करोड रुपैयाँको आयात र ४७ अर्ब ६१ करोडको निर्यात भएको थियो । आयातमा भएको कमी र निर्यातमा भएको सुधारले व्यापार घाटा १०.९१ प्रतिशत घटेको छ । आयात १० प्रतिशत घटेको र निर्यात ५.१२ प्रतिशत बढेको विभागको तथ्यांक छ । विभागका अनुसार उक्त अवधिमा सबैभन्दा बढी भटमासको तेल निर्यात भएको छ । त्यस अवधिमा १३ अर्ब ५० करोड रुपैयाँको निर्यात भएको हो ।

भटमास बढी मात्रामा सुदूरपश्चिममा उत्पादन हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ । ती क्षेत्रका गाउँगाउँमा संकलित भटमास तराईका क्षेत्रमा बिक्री हुन्छ । पहाडको केही क्षेत्रमा व्यावसायिक खेती सुरु भए पनि उत्पादन भने पर्याप्त छैन । अर्बौं रुपैयाँको निर्यात गर्न सक्ने अवस्थामा पुगिनसकेको मन्त्रालयले जनाएको छ ।

दिगो निर्यात वृद्धिका लागि गुणस्तरीय स्वदेशी उत्पादनको वृद्धि, उद्योग उत्पादन क्षमतामा विस्तार हुनु आवश्यक रहेको जानकारहरू बताउँछन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्