काठमाडौं, २२ पुस । कर्मचारी समायोजन अध्यादेशको विरोध गर्दै सरकारी चिकित्सकहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गरेका छन् ।
आइतबार सरकारी चिकित्सक संघ (गोदान)को आह्वानमा सरकारी चिकित्सकहरूले मन्त्रालय घेराउ गरेका हुन् ।
कर्मचारी समायोजन अध्यादेशमा स्वास्थ्यतर्फको कर्मचारीको दरवन्दी तहगत हुनुपर्ने, समायोजन गर्दा स्वास्थ्यका कर्मचारीको एकतह बढुवा हुनुपर्ने लगायतका विभिन्न माग राख्दै उनीहरुले आइतबार मन्त्रालय घेराउ गरेका हुन् ।
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई उनीहरुले ज्ञापनपत्रसमेत बुझाएका थिए ।
सरकारले आफूहरुको मागलाई बेवास्ता गरेकोले मन्त्रालय घेराउ गर्नुपरेको एक सहभागीले बताए । उनीहरुले माग पूरा नभए समायोजन फारम नभर्ने र समायोजन प्रक्रिय नै बहिष्कार गर्ने समेत बताए ।



लाेकपाटी न्यूज