काठमाडौं, २२ पुस । आइतबार सुनचाँदीको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा पाँच सय रुपैयाँले घटेर रु. ५९ हजार ८ सयमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन तोलाको रु.५९ हजार ५ सयमा किनबेच भइरहेको छ ।
चाँदी पनि तोलामा दश रुपैयाँले घटेर रु. ७५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।



लाेकपाटी न्यूज
