काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल निर्वाचनबाट डराएको बताएका छन्।एक टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा ओलीले नेपाली काँग्रेसलाई निर्वाचन प्रतीक्षाको विषय भएको उल्लेख गर्दै उनले पौडेल निर्वाचनबाट डराएको बताएका हुन्। फाइदामा हुने यो निर्वाचनमा पनि पौडेलले डर देखाएको ओलीले बताए।
रामचन्द्रजी अलिकति क्रान्तिकारी देखिन खोज्नुहुन्छ। किनभने उहाँलाई उठ्न पनि खतरा छ, प्रधानमन्त्री ओलीले अन्तर्वार्ताको क्रममा भने, ‛उहाँको निर्वाचन क्षेत्रमा तेज दरार युवा उठेर उहाँलाई पराजित गरिसकेको अवस्था छ। त्यसकारण निर्वाचन उहाँका लागि आकर्षणको विषय पनि भएन। सडकमा जाने कि निर्वाचनमा भन्ने विषयमा काँग्रेस केन्द्रीय समितिमा सभापति शेबहादुर देउवा र वरिष्ठ नेता पौडेलबीच विवाद भएको छ।
यस्तो बेला ओलीले पौडेललाई महाधिवेशनमा गएर सभापति बन्ने रहर पलाइसकेको बताएका हुन्। पौडेलले हाउभाउ गरेर प्रजातन्त्रवादी नेता भन्ने देखाए पनि सांसदमा कुनै मौका नपाउने ओलीको दाबी रह्यो।
उहाँले अब निर्वाचन र सांसदतिर होइन उहाँले अलिकति हाउभाउ गरे आफूलाई ठूलो प्रजातन्त्रवादी देखाएर काँग्रेसको सभापति चाहि हुन सके, सांसदको त चान्स छैन, ओलीले भने, त्यो कुरा उहाँले बुझ्नुभएको छ। त्यसकारण सांसदतिर हैन, यता निर्वाचन रोकेर महाधिवेशन गरेर सभापति चै हुन पाए। निर्वाचन हुने भए महाधिवेशन सार्नुपरो अलिकति। निर्वाचनमा पनि कस्तो भयो भने, उठौं हारिन्छ। नउठौं के भनेर नउठ्ने। त्यो संकटमा उहाँ हुनुहुन्छ। उहाँ आफै दुविधाग्रस्त, अन्योलमा हुनुहुन्छ। के गरौं कता जाउँको स्थितिमा हुनुहुन्छ उहाँ आफै।



लोकपाटी न्यूज

