केन्द्रिय सदस्य तुम्बाहाम्फेले भने म ओली समूहमा छैन

CPN_Communist_Nekapa
लोकपाटी न्यूज

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार घोषणा गरेका नेपाल कम्युष्टि पार्टी(नेकपा)को महाधिबेशन आयोजक समितिमा नाम सार्वजनिक भएका संविधानसभा सदस्य डम्बरध्वोज तुम्बाहाम्फेले सो समूहमा आफ्नो संलग्नता नरहेको बताएका छन्।

बुधबार अपरान्ह एक विज्ञप्ति जारी गर्दै तुम्बाहाम्फेले आफूलाई थाहै नदिई समितिमा राखिएको प्रति आपत्ति उठाउँदै प्रचण्ड र माधव नेपाल समूहको नेकपाको पक्षमा रहेको बताएका छन्।

विज्ञप्तिमा उनले केपी ओली समूहको केन्द्रीय कमिटी सदस्यमा आफ्नो नाम सार्वजनिक भएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्तिमार्फत आफ्नो संलग्नता अस्वीकार गरेका हुन्।

मंगलबार ओली समूहले घोषणा गरेको केन्द्रीय समितिमा तुम्बाहाम्फेसहित ताप्लेजुङका ५ जनाको नाम सार्वजनिक भएको थियो।

तुम्बाहाम्फे २०६४ र २०७० सालको संविधानसभाको निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट ताप्लेजुङ निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।

प्रधानमन्त्री केपि शर्मा ओलीले बालुवाटारमा आफूपक्षीय केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य संख्या ११९९ सदस्यीय बनाएका थिए। जसमा हाल ५५६ जना केन्द्रीय कमिटी सदस्य थपेर १ हजार ३ जनाको बनाइएको छ भने बाँकी पछि ११९९ सदस्यीय बनाइने बताइएको थियो।

नेकपाको आधिकारिक केन्द्रीय समिति ४४६ जनाको रहेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्