नेकपाको संसदीय दलको नेतामा प्रचण्ड

Prachanda New photo
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको बैठक सुरु भएको छ।

नयाँ बानेश्वरस्थित संसद भवन परिसरको लोत्से हलमा सुरु भएको बैठकले केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने र प्रचण्डलाइ चयन गर्ने बताइएको छ।

यसअघि नेकपाको केन्द्रीय कमिटी बैठकले ओलीलाई अध्यक्ष पदबाट हटाएको छ र माधवकुमार नेपाललाई नयाँ अध्यक्षमा चयन गरेको थियो।

बैठकमा ९० जनाभन्दा धेरै सांसदको सहभागिता रहेको छ तर कतिजनाको हस्ताक्षर छ भन्ने यकिन भइसकेको छैन।

यसअघि एकीकृत नेकपाको दलको नेता केपी शर्मा ओली थिए।

मङ्गलबार बसेको केन्द्रीय समिति बैठकले आज संसदीय दलको बैठक तय गर्दै नयाँ नेता चयन गर्न लागेको हो।

नेता देव गुरुगका अनुसार बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता चयन गर्ने तयारी छ।

यसअघि मंगलबारै बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्दै रिक्त स्थानमा नेता माधवकुमार नेपाललाई अध्यक्ष चयन गरिसकेको छ।

गत आइतबार नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त सिफारिस अनुमोदन गरेकी थिइन्।

प्रधानमन्त्री र राष्ट्रपतिको उक्त कदम असंवैधानिक र अलोकतान्त्रिक भन्दै अधिकांश दल विरोधमा छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्