काठमाडौं, २२ पुस । २०७५ पुस २२ गते आइतबारको राशिफल :
मेष
पुनर्मिलनको योग रहेको छ । विश्वास गरेकाले साथ दिनेछन् । व्यापार व्यवसायबाट आम्दानी हुनेछ । उपहार पाइने सम्भावना छ ।
मिथुन
कुनै महत्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।
सिंह
प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्राको योग रहेको छ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ ।
तुला
रमणीय र सुखद यात्राको योग छ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मंगल कार्यको योग छ । दिनको उत्तरार्ध सुखद रहनेछ ।
धनु
पारिवारिक भेटघाट हुनुका साथै इष्टमित्रहरूसंग पनि मेलमिलाप हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । प्रेममा सफलतापनि पाइनेछ ।
कुम्भ
घरमा अतिथिको आगमन हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ । सवारी साधनको खरिद बिक्री हुनेछ ।
वृष
प्रतिस्पर्धीहरूले तपाईको खुट्टा तान्ने प्रयास गर्न सक्छन् । आर्थिक कारोबारमा मन्दी आउनेछ । पेट सम्बधी समस्याका साथै सामान हराउन सक्नेछ ।
कर्कट
विशिष्ट व्यक्तिको सहयोग मिल्ला । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । बौद्धिक विकास होला । अचल सम्पत्तिको कारोबार हुनेछ ।
कन्या
बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । राजनैतिक कार्यमा बाधा आउनेछ । कुविचारमा मन जानेछ । अनावश्यक धन खर्च हुनेछ ।
वृश्चिक
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । प्रेमका कोपिलाहरु पक्रियर जानेछन् ।
मकर
शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । चुनौतिको सामना गर्नुपर्ला । कार्य सम्पादनमा समस्या आउला । वैदेशिक क्षेत्र कमजोर रहला ।
मीन
कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । नजिकको व्यक्तिबाट कार्य पूरा हुनेछ । विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ ।
ज्यो.प. नारायणप्रसाद दुलाल



लाेकपाटी न्यूज

