किसानसँग नजिक हुने र उत्पादन वृद्धि गर्ने गरी काम गर्नुपर्छ : मन्त्री अधिकारी

Ramnath_Adhikari
लोकपाटी न्यूज

नेपालगन्ज। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले किसानसँग नजिक हुने र उत्पादन वृद्धि गर्ने गरी काम गर्नुपर्ने बताएका छन्।

नेपाल कृषि अनुसन्धान परिषद् कृषि अनुसन्धान निर्देशनालय खजुराको आज निरीक्षण गर्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन्।

उनले गरिब र निमुखा जनताको जीवनस्तर उकास्ने गरी नयाँ सोचका साथ काम गर्न आवश्यक रहेको बताए। उनले कृषि वैज्ञानिक र प्राविधिकहरूलाई नयाँनयाँ रोग र समस्या पत्ता लगाउनतर्फ केन्द्रित हुन आग्रह गरे।

मन्त्री अधिकारीले कृषि विकासमा देखिएका थुप्रै समस्या सुधार गर्न प्रयत्न भइरहेको बताए। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का समस्या चाँडो भन्दा चाँडो व्यवस्थापन गर्ने गरी काम भइरहेको उनले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्