पोखरा। गण्डकी प्रदेशका सांसद दीपक मनाङेले राजीनामा दिएका छन्। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारीबाट हटाएर वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका मनाङेले राजीनामा दिएका हुन्।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय एमालेलाई दिएर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका थिए। कम प्रभाव भएको मन्त्रालय दिएको र वरीयता पनि घटाइएको भन्दै मनाङेले असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन्। उनलाई छैठौं वरीयतामा राखिएको छ। यसअघि ५ जनामन्त्री हुँदा उनी तेस्रो नम्बर वरीयतामा थिए।



लोकपाटी न्यूज

