भ्रष्टाचार छानबिनमा हदम्याद तोक्न हुँदैन : शेखर कोइराला

Shekhar_Koirala
लोकपाटी न्यूज

विराटनगर। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस–एमालेको करिब दुईतिहाइ बहुमत रहे पनि सबैको सहमतिमा संविधान संशोधन गर्नुपर्ने बताएका छन्।
शुक्रबार मोरङमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले सर्वसहमतिमै संविधान संशोधन गर्नुपर्ने बताएका हुन्।

उनले दुई दलमात्रै मिलेर संविधान संशोधन गर्न खोजे अवस्था झन जटिल हुने बताए। जनमत संग्रह जस्तो जटिल प्रक्रियामा जानुको सट्टा संसदीय विशेष समिति वा आयोग बनाएर गर्न सकिने उनले बताए। कोइरालाले भ्रष्टाचार छानबिनमा हदम्याद तोक्न नहुने र अख्तियारलाई बढी शक्तिशाली बनाउने नाममा निजी क्षेत्र हेर्ने पनि क्षेत्राधिकार दिन नहुने दावी गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्