काठमाडौं। प्रमुख प्रतिपक्षी काँग्रेसले प्रतिनिधिसभा बैठकमा अवरोध गरेको छ। बैठक सुरु हुने बित्तिकै नेपाली काँग्रेसका सांसदहरू उठेर विरोध जनाएका थिए।
काँग्रेसले विरोध गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका बैठक स्थगित गरेका छन्। सभामुख घिमिरेले कार्यसूचीअनुसार राष्ट्रपति कार्यालयबाट आएको पत्र पढ्न थालेपछि काँग्रेस सांसदहरूले रोस्टम घेराउ गरेका थिए।
उनीहरूले सहकारी घोटाला प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहे/नरहेकोबारे छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गरेका छन्। काँग्रेसका महामन्त्रीसमेत रहेका गगनकुमार थापाले संसदीय कामकारबाहीमा काँग्रेसको साथ नरहने घोषणा गरेका थिए।
प्रतिपक्षी काँग्रेसले बैठक चल्न नदिएपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।



लोकपाटी न्यूज

