काठमाडौं। लोकपाटीकर्मी सुजिता हमाल तीज विशेष आर्टिकल प्रतियोगितामा प्रथम भएकी छन्। एटुजेड समाचार डटकमले आयोजना गरेको ‘तीजको सांस्कृतिक महत्त्व र यसको प्रभाव’ विषयक प्रतियोगितामा लोकपाटीकर्मी हमाल प्रथम भएकी हुन्।
प्रतियोगितामा प्रथम भएकी हमालले नगद २० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेकी छन्। नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीले प्रथम स्थान हासिल गरेकी हमाललाई पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए।
प्रतियोगितामा पत्रकार प्रतिमा सिलवाल द्वितीय भएकी छन्। उनले नगद १५ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेकी छन्। त्यस्तै पत्रकार सुनिता सुवेदी तृतीय भएकी छन्। उनले नगद १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेकी छन् भने पत्रकार केशु लामिछाने सान्त्वना भएकी छन्। उनले नगद पाँच हजार र प्रमाणपत्र प्राप्त गरेकी छन्। प्रतियोगितामा २४ जना महिला पत्रकारहरूको सहभागिता रहेको थियो।



लोकपाटी न्यूज

