बम बानियाँको बुबाप्रति समर्पित (कविता)

bam baniya
लोकपाटी न्यूज

जसले आफू जन्मदै
बुबाको ठेगाना पाएनन्
जसको कारण
जन्म दर्ता र नागरिकता पाएनन्

बिदेशमा आफू हुँदा
देशमा बुबाको अन्तिम समय सुम्सुम्याउन पाएनन्
जीवनका उर्जाशिल समय
विदेशमा पसिनासंगै चुहाएर
गाउँमा चुलो कुरिरहेका बुबा
छोराको बोली सुन्न आतुर छन्
खेत बाझै छन्
छोरानाती छैनन्
गाउँ बन्दैछ वृद्धाआश्रम
छोराछोरी
बर्सेनि फोटो पोस्ट गर्छन्
र भन्छन् बुबा आइपुग्न सकिन

जसका बुबा स्मृतिमा मात्रै छन्
उहाँको एक तास पोस्ट गर्ने तस्वीर छैन
बुबाको अनुहारको कुनै आकृति आउदैन

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्