हेटौँडा। मकवानपुरको भिमफेदी गाउँपालिका–९ लामिडाँडामा पहिरो खस्दा त्रिभुवन राजपथ अवरुद्ध भएको छ। काठमाडौं–हेटौंडा जोड्ने पुरानो राजमार्ग त्रिभुवन राजपथ अवरुद्ध भएसँगै सवारी आवागमन रोकिएको छ।
आइतबार बिहान साढे ९ बजेदेखि नौबिसे, भैसे, पालुङ हुँदै हेटौँडा जाने सवारी साधन रोकिएका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। पहिरो हटाएर यातायात सेवा सुरु गर्ने तयारी भएको छ।



लोकपाटी न्यूज

