काठमाडौं। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले विमानस्थलको भन्सारको गोदामबाट हराएको सुन प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको बताएका छन्। बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले आवश्यक परे निष्पक्ष छानबिनमा सहयोग गर्ने बताएका हुन्।
’केही दिनयता सञ्चारमाध्यमबाट सुन प्रकरणमा मेरो नाम जोडिएर आइरहेको विषय यसअघि नै प्रष्ट पारिसकेको जानकारी गराउन चाहन्छु,’ महराले लेखेका छन्, ’फेरि पनि थप स्पष्ट गर्न चाहन्छु कि यस कार्यमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु।’
महराले आफूले फोन गरेको भनी आफ्नो नाम र उल्लेख गरिएको फोन नम्बर पनि आफ्नो नभएको र आफूले प्रयोग गर्ने नगरेको पनि स्टाटसमा लेखेका छन्। उनले आवश्यक परे निष्पक्ष छानबिनमामा सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन्। ’अनावश्यक भ्रममा नपर्न सबैमा हार्दिक आग्रह गर्दछु।’ उनले लेखेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार गोदामबाट इलेक्ट्रिक सिगरेट (भेप) भित्र लुकाएर ल्याएको करिब ९ सुन हराएपछि उक्त प्रकरणमा चिनियाँ व्यापारीसँग माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख महरा र उनका छोरा राहुल महराकोसमेत कनेक्सन देखिएको भन्दै विपक्षी दल एमाले र राप्रपाले संसदमा समेत छानबिनको माग गरेको थियो।



लोकपाटी न्यूज

