काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले सरकारका कारण जनतामा आशा पलाएको बताएका छन्। बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरू केन्द्रीय समिति बैठकमा बोल्दै उनले सरकारका कारण जनातामा आशा पलाएको बताएका हुन्।
उनले भने, ‘सरकारका कारण जनतामा आशा पलाएको छ। जनताको भरोसाको स्थितिलाई संगठनमा रूपान्तरण गर्ने र जनताको भरोसा बढाउनुपर्नेछ।’ गठबन्धनको सरकार सुशासनको क्षेत्रमा कटिवद्ध भएर लागेको उनले बताए। प्रचण्डले यसलाई अझ ब्यापक बनाउनुपर्ने बताए। उनले माओवादी पार्टी भने पार्टीजस्तो भइनरहेको बताए।
पार्टीमा विभिन्न उतारचढाव भए पनि आफूहरु जनता र राष्ट्रको पक्षमा रहेको उनले बताए। प्रचण्डले कमी कमजेरी इमान्दारीका साथ स्वीकार गरेर अघि बढ्नुपर्ने बताए। उनले भने, ‘हाम्रो पार्टी, पार्टीजस्तो भइरहेको छैन। पार्टी पुनर्निर्माणको ऐतिहासिक थालनी यो बैठकलाई बनाउनुपर्छ।’



लोकपाटी न्यूज

