भ्रष्टाचारको छानबिन गर्न खोज्दा साथीहरूको टाउको दुख्छ : देवेन्द्र पौडेल

Debendra_Paudel
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले भ्रष्टाचार गर्ने दोषीलाई सरकारले कारबाही गरेको बताएका छन्। प्रतिनिधिसभाको बुधवारको बैठकमा उनले सरकारको कदमलाई सलाम गर्न चाहेको बताए। भ्रष्टाचारको जुनसुकै काण्डमा मुछिएकाहरूलाई सरकारले कारबाही गर्ने उनले विश्वास व्यक्त गरे।

दोषीलाई कारबाही गर्दा माननीयज्यूहरू त खुसी हुनुपर्ने होइन र ? भन्दै पौडेलले प्रश्न गरे। भ्रष्टाचारको अनुसन्धान गर्न खोज्दा साथीहरूको टाउको दुख्ने गरेको उनले बताए। गृहमन्त्रीको राजीनामा मागिएपछि माओवादीका सांसद पौडेलले दिउँसो नै रात पार्न खोजिएको बताए। भ्रष्टाचारको विषयमा सरकारले छानबिन गर्दा कसैको अनुहार हेर्न नहुने उनले बताए। सरकार सुशासनको प्रत्याभूति दिने गरी अगाडि बढ्नु पर्ने उनको भनाइ छ।

सांसद पौडेलले भने, ‘सरकारको जिम्मेवारी सम्हाल्नुभएको गृहमन्त्री र अर्थमन्त्रीको बारेमा प्रश्न उठेको छ। दिउँसै रात पार्न खोजिएको थियो। रातलाई दिउँसो पारिँदै छ। भ्रष्टाचारको विषयमा सरकारले छानबिन अगाडि बढाइरहेको छ। माननीयज्यूहरूलाई टाउको नदुखाउन म अनुरोध गर्छु। कसैको अनुहार हेर्न जरुरी छैन। सरकार अगाडि बढोस्, बाँकी उठेका कतिपय विषयमा पनि सरकारले छानबिन गरेर व्यक्तिको अनुहार हेरेर होइन, उसको काम हेरेर राज्यलाई सुशासनको प्रत्याभूति दिने गरी अगाडि बढोस्। माछो ठूलो सानोको प्रसंग होइन।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्