ललिता निवास जग्गा प्रकरण : दुई नक्कली मोही पक्राउ

लोकपाटी न्यूज

काठमाडौं। बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। नक्कली मोही बनेर सरकारी जग्गा हडपेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आज सोमबार सञ्जयकुमार महर्जन र सकुलानन्द महर्जनलाई प्रहरीले पक्राउ गरेको हो।

महर्जनद्वयलाई नक्कली मोही बनाएर रामकुमार सुवेदी, मीनबहादुर गुरुङ र शोभाकान्त ढकाल लगायतले सरकारी जग्गा हडपेको प्रहरीको भनाई छ। सोही प्रकरणमा आइतबार नापी कार्यालयका पूर्वकर्मचारी अरुणकुमार श्रेष्ठ पक्राउ परेका थिए। आज समातिएका २ जनासहित यस प्रकरणमा पक्राउ पर्नेको संख्या २१ पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्