गालीगलौजको संस्कारले काँग्रेस अगाडि बढ्न सक्दैन : डा. महत

Prakash_Sharan_Mahat
लोकपाटी न्यूज

काठमाडौं। नेपाली काँग्रेसका नेता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले जननायक विश्वेश्वरप्रसाद कोइरालाको साहित्यलाई गाउँ गाउँसम्म पुर्‍याउनुपर्ने बताएका छन्। बिपी कोइरालाको ४१ औँ स्मृति दिवसको अवसरमा आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पार्टीले बिपी कोइरालाको साहित्य क्षेत्रलाई छपाएर गाउँ गाउँसम्म पुर्‍याउनुपर्ने उल्लेख गरे।

‘थोरै साक्षरतादर भएको समयमा बिपी कोइरालाले साहित्य सिर्जना गर्नुभएको थियो, त्यसलाई छपाएर गाउँ गाउँमा लैजान सके युवा पुस्ताले बिपीको साहित्यबाट प्रेरणा लिन सक्थे,’ उनले भने। अर्थमन्त्री डा महतले पार्टीभित्र एक अर्काप्रति गालीगलौजको संस्कार विकसित भएको उल्लेख गर्दै उक्त संस्कारले पार्टी अगाडि बढ्न नसक्ने धारणा राखे।

पार्टीका प्रवक्ता डा महतले काँग्रेसले गरेका राम्रा कामलाई आमजनतासम्म पुर्‍याउन नसकेको बताए। ‘प्रजातान्त्रिक समाजवादको लक्ष्य लिएर अगाडि बढ्नुभएका बिपी लोकतान्त्रिक मूल्यमान्यताका आधारमा समतामूलक समाज निर्माण हुने कल्पनाका साथ अगाडि बढ्नुभएको थियो,’ उनले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्