काठमाडौं। एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले भारतको ‘ए’ टोलीलाई एक सय ६८ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३९.२ ओभरमा सबै विकेट गुमाएर १६७ रन बनाएको हो।
खेलमा नेपालको तर्फबाट कप्तान पौडेलले ८५ बलमा सर्वाधिक ६५ रन बनाए भने गुल्शन झाले ३० बलमा ३८ रन बनाए। त्यस्तै तेस्रो नम्बरमा आएका ब्याटर देव खनालले २१ बलमा १५ रन जोडेका थिए भने सोमपाल कामीले ३९ बल खेलेर १४ रन बनाए।
भारत ‘ए’ का लागि निशान्त सिन्धुले ३.२ ओभरमा १४ रन खर्चिँदै सर्वाधिक ४ विकेट लिए भने राजवर्धन हांगरगेकरले ६ ओभर खेल्दै ३ विकेट लिएका थिए। त्यस्तै हर्षित रानाले २ विकेट र मानव सुतारले १ विकेट लिए। खेल श्रीलंका राजधानी सहर कोलम्बोस्थित प्रेमादासा रंगशालामा भइरहेको छ।



लोकपाटी न्यूज

