काठमाडौं। आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ छ। आइतबार पनि सोही मूल्यमा किनबेच भएको महासंघले जनाएको छ। यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर छ। आज चाँदी १४ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।



लोकपाटी न्यूज
