काठमाडौं। नेकपा (एमाले)ले प्रचार विभागमा थप ११ जना सदस्य मनोनीत गरेको छ। केन्द्रीय सचिवालयको शनिबार बसेको बैठकले प्रचार विभागका प्रमुखको सिफारिसमा थप सदस्यहरू मनोनीत गरेको हो।
प्रचार विभागमा डा. महेन्द्र विष्ट, गणेश पाण्डे, राजेश राई र लिलाराज भट्टराईलाई सदस्य मनोनीत गरिएको छ। त्यस्तै अक्षरी पोखरेल, लालबाबु शेख, शेरबहादुर केसी, दीपक ज्ञवाली, रामकृष्ण ज्ञवाली, सूर्यमणि गौतम र हेमन्त पौडेललाई प्रचार विभाग सदस्य मनोनीत भएका छन्।
यसअघि निर्मला शर्मा, गणेश बस्नेत, उजिर मगर, टीका विष्ट, प्रमोद दाहाल, चेतन अधिकारी र रोशन खड्का विभागमा सदस्य थिए भने गगन विष्ट सचिव छन्। एमालेको प्रचार विभाग प्रमुखकम राजेन्द्र गौतम छन्।



लोकपाटी न्यूज

