‘यो तीजको लहर हो’ गीत सार्वजनिक (भिडियो)

teej song
लोकपाटी न्यूज

काठमाडौं। नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन्। यसै क्रममा ’यो तीजको लहर हो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा २ चर्चित गायिकाहरु मेलिना राई र अन्नु चौधरीको सुमधुर स्वर सुन्न सकिन्छ।

डी . पी खनालको शब्द रहेको यस गीतमा तारा प्रकाश लिम्बुको संगीत रहेको छ। गीतलाई देबेश राईले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा स्मारिका ढकाल, समारिका ढकाल, दिपा शाही, सुशीला थापा, आभा थापा र बिना राउत लगायत कलाकारको अभिनय रहेको छ। अर्जुन तिवारीको छायाँकन गरेको यस भिडियोमा राजीव समरको कोरियोग्राफी रहेको छ।

सुप्रिम पराजुलीले सम्पादन गरेको यस भिडियोलाई शान थापाको निर्देशनमा तयार पारिएको हो। नोभिस आर्टसको निर्माण रहेको यस गीतको भिडियोलाई ’नोभिस आर्टस’को युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो। नोभिस आर्टसका संचालक आशिष कोइरालाले यस गीतको भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्