राष्ट्रपति पौडेलद्वारा सीता दाहालको निधनमा दु:ख व्यक्त

Ramchandra_Paudel
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधनको खबरले आफूलाई अत्यन्त दुःख लागेको बताएका छन्।

राष्ट्रपति पौडेलले बुधबार बिहान प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गरेर दुःख व्यक्त गरेका हुन्। दुःखको यस घडीमा प्रधानमन्त्रीसहित शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्ने कामना गर्दै गहिरो समवेदना पनि प्रकट गरेका थिए।

माओवादीका सल्लाहकार दाहालको आज बिहान ८:३३ बजे नर्भिक अस्पतालमा निधन भएको थियो। दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ः०० बजेदेखि १ः०० बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने र अपराह्न २ः०० बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्