काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग ३० करोड चन्दा मागेको आरोपमा एक जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मंगलबार खोटाङ घर भएका रमेश गुरुङलाई पक्राउ गरेको हो।
प्रसाईसँग ३० करोड मागेका गुरुङ ५ करोड रुपैयाँ लिन भन्दै महाराजगन्ज पुगेका थिए। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बार्गेनिङ पछि फिरौती लिन आएको अवस्थामा गुरुङलाई मंगलबार पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान कारवाहीको लागि प्रहरी वृत्त महाराजगन्ज पठाइएको ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक संजय सिंह थापाले जानकारी दिए।



लोकपाटी न्यूज

