राष्ट्रियसभाको बैठक स्थगित

Rastiye sava
लोकपाटी न्यूज

काठमाडौं। आजका लागि बोलाइएको संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक स्थगित भएको छ। बिहान ११ बजेर १ मिनेटमा संसद भवन नयाँबानेश्वरमा बस्ने भनिएको बैठक भोलि सोही समयमा बस्ने गरी सारिएको हो।

विशेष कारणवश बैठकको समय सारिएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सचिवालयले जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले संसद् बैठक अवरोध गर्दै आएको छ।

संघीय संसद सचिवालयले आजको बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत छलफल हुने कार्यसूची तय गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्