श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीसँग अध्यक्ष नेपालको भेट

shrilanka
लोकपाटी न्यूज

काठमाडौं। श्रीलंका भ्रमणमा रहेका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बुधबार राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन्।

श्रीलंकाका राष्ट्रपति रणिल विक्रमसिंघे गरेका शिष्टाचार भेटवार्तामा दुई देशबारे छलफल भएको छ। राष्ट्रपति निवासमा अध्यक्ष नेपालले ४५ मिनेट कुराकानी गरेका थिए।

यस्तै, अध्यक्ष नेपालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणवद्र्धनेसँग पनि बुधबार साँझ भेटवार्ता गरेका छन्। प्रधानमन्त्री निवासमा करिब १ घण्टा पाँच मिनेट लामो शिष्टाचार भेटमा दुई देशको भाइचारा सम्बन्ध, एसियाका मुलुकहरुमा विकसित घटनाक्रमबारे वार्ता भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ।

शिष्टाचार भेटमा नेपाल र श्रीलंकाबीच पुरानो मित्रता रहेको बताउँदै दुवै देशले एकअर्कालाई आवश्यक सरसहयोग गर्न सकिने विषयमा पनि छलफल भएको बताइएको छ।

अध्यक्ष नेपाल श्रीलंकन कम्युनिष्ट पार्टीको ८० औँ स्थापना दिवसको कार्यक्रममा सहभागी हुन तथा दक्षिण एसियाका कम्युनिष्ट पार्टीहरुको बैठकमा सहभागी हुन सोमबार श्रीलंका गएका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्