काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभा बैठक अबरुद्ध गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालै दिएका अभिव्यक्तिको जवाफ माग गर्दै एमालेले प्रतिनिधि सभा बैठक अबरुद्ध गरेको हो।
बुधबार सभामुख देवराज घिमिरेले बैठक शुरु भएको घोषणा गर्नासाथ एमालेका सांसदहरु उठेका थिए,त्यसपछि सभामुख घिमिरेले एमाले सांसद रघुजी पन्तलाइ बोल्न समय दिएका थिए।
पन्तले प्रधानमन्त्रीको भनाईले स्वाभीमानमा ठेस लागेको भन्दै प्रधानमन्त्री दाहालको राजीनामा माग गरे। सभामुख देवराज घिमिरेले भने आकस्मिक समयमा अन्य सांसदहरूलाई बोल्न समय दिएका छन्। एमालेका सांसदहरूले उठेर विरोध गरिरहेका छन्।



लोकपाटी न्यूज

