युएईले नेपालाई दियो १८२ रनको लक्ष्य

Cricket_Nepal
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। जिम्बावेमा जारी आइसिसी एक दिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत आज भएको सातौं स्थानको प्लेअफ खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले नेपाललाई जितको लागि एक सय ८२ रनको लक्ष्य दिएको छ।

जिम्बावेको हरारेमा रहेको टाकासिङ्गा स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ थालेको युएई ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ८१ रनको योगफल बनायो। युएईका लागि वृत्य अरविन्दले सर्वाधिक ४४ रनको योगदान दिए। उनले ७५ बलमा ४ चौकाको मद्दतमा ४४ रन बनाएका हुन्।

त्यस्तै रोहन मुस्तफालले ३५ रन बनाए भने आर्यांश शर्माले २८ रन जोडे। बसिल हमिदले २९ रन बनाए भने सञ्चित शर्माले १२ रन तथा रमिज शाहजादले १० रन बनाए। बलिङतर्फ नेपालका सन्दिप लामिछाने र करण केसीले समान ३/३ विकेट लिए भने प्रतिस जिसी, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिए।

यस खेलको विजेताले सातौँ स्थानको लागि मङ्गलबार आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने पराजित टोलीले नवौँ स्थानका लागि अमेरिकासँग खेल्नेछ। अहिले नेपाल जवाफी ब्याटिङमा उत्रेको छ।