काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको तदर्थ समितिमा ४ सय सदस्य थप गरिएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्वान गुरुङको अध्यक्षतामा रहको तरुण दलको तदर्थ समितिमा बुधवार राति ४ सय सदस्य थप गरेका हुन्।
गत २०७८ साल चैत ९ गते विद्वान गुरुङलाई तरुण दलको अध्यक्ष तोकेको कांग्रेसले बुधबार सातै प्रदेशबाट सदस्यहरु मनोनयन गरेको हो। यसअघि महिला संघको तदर्थ समितिमा पनि उनले सदस्य थप गरेका थिए।




लोकपाटी न्यूज

