राजेन्द्र विक/ बाजुरा,९असार। बाजुराको बडिमालिका नगरपालिका ७ र ८ मा चट्याङ लागेर भैंसी तथा गाई मरेका छन्। गएराति वर्षासंगै परेको चट्याङ लागेर बडिमालिका नगरपालिका ७ को मल्यासैन लेकमा १ गाईसहित ४ भैसी मरेका छन्।
गोठमा चट्याङ परेर बडिमालिका–७ का स्थानीय खडकलाल जैशिको एक गाई सहित प्रेम खत्री, सत्या खत्री, गोरे पाध्याय र पृर्थु गरुङका एक–एक गरि ४ भैंसी मरेका बडिमालिका नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए।
त्यसैगरी बडिमालिका नगरपालिका वडा नम्बर-८ स्थित खलाडिलमा पनि एक भैंसी चट्याङ लागेर मरेको वडा अध्यक्ष चन्द्र थापाले बताए। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार क्षतिको विवरण संकलन गर्न प्रहरीको टोली घटनास्थलमा छ। गाई बस्तुलाई चट्याङलागेको ठाउँ मल्यासैन लेक सदरमुकामबाट ४ घण्टाको दूरीमा रहेको छ। चट्याङबाट ५ लाख बढिको क्षति भएको अनुमान गरिएको छ।



लोकपाटी न्यूज

