राजेन्द्र विक/ बाजुरा, ९जेठ। बाजुरामा पशुपालक किसानलाई व्यावसायिक बनाउन बाख्रा वितरण गरिएको छ। भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराले शुक्रबार बडिमालिका नगरपालिका वडा नम्बर ५ मनामा बाख्रा वितरण गरिएको हो।
भेटेनरि अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बाजुराको आर्थिक वर्ष ०७९/०८०को बार्षिक स्वीकृत कार्यक्रम अनुसार बाख्रा ब्लक तथा दलित टोल बाख्रा पालन कार्यक्रम अन्तर्गत पशुपालक किसानलाई बाख्रा वितरण गरिएकोएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराका अधिकृत सिद्धराज जैशिले बताए।
किसानलाई व्यावसायिक बाख्रा पालनमा आकर्षित गराइ प्रोत्साहित गराउन बडिमालिका ५ का १ सय ५० जनालाइ प्रतिब्यक्ती एक का दरले उन्नत जातका ३ ओटा बोका सहित १सय ५० बाख्रा वितरण गरिएको पशु सेवा विज्ञ केन्द्र बाजुराका प्राविधिक जगत थापाले बताए।
बाख्रा उपलब्ध भएपछि किसानहरू निकै उत्साहित भएका छन्। व्यावसायिक बाख्रा पालन व्यवसायमा लाग्न आफूलाई सहयोग प्राप्त भएकोले अब आफूहरु व्यवसायिक रुपलेनै बाख्रा पालनमा लाग्ने किसानहरुको भनाइ छ।



लोकपाटी न्यूज

