प्रधानमन्त्री मोदी अमेरिका प्रस्थान

narendra_modi
लोकपाटी न्यूज

एजेन्सी। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो पहिलो ऐतिहासिक राजकीय भ्रमणका लागि मङ्गलबार संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन्।

अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री मोदीले ट्वीटमा लेखेका छन्, ‘अमेरिका प्रस्थान गर्दैछु, जहाँ म न्यूयोर्क शहर र वाशिङ्गटन डिसीमा हुने कार्यक्रमहरूमा सहभागी हुनेछु। ती कार्यक्रमहरूमा योग दिवस मनाउने, राष्ट्रपति बाइडेनसँग वार्ता गर्ने लगायतका छन्।’

प्रधानमन्त्री मोदीलाई अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले भ्रमणको निमन्त्रणा दिएका हुन्। भ्रमण न्युयोर्कमा सुरु हुनेछ जहाँ प्रधानमन्त्रीले जुन २१ मा संयुक्त राष्ट्रसंघ मुख्यालयमा अन्तर्राष्ट्रिय योग दिवस मनाउने कार्यक्रमको नेतृत्व गर्नेछन्।

प्रधानमन्त्री मोदी त्यसपछि वाशिङ्गटन डीसी प्रस्थान गर्नु हुनेछ जहाँ उहाँले जुन २२ मा ह्वाइट हाउसमा राष्ट्रपति बाइडेनलाई भेट्ने छन्। राष्ट्रपति बाइडेन र प्रथम महिला जिल बाइडेनले सोही दिन साँझ प्रधानमन्त्रीको सम्मानमा रात्रि भोजको आयोजना गर्नेछन्। प्रधानमन्त्री मोदीले जुन २२ मा अमेरिकी काँग्रेसको संयुक्त बैठकलाई पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।