संघीय शिक्षा विधेयक चाँडै पेस हुने आशा छ : सभामुख घिमिरे

Devraj_Ghimire
लोकपाटी न्यूज

काठमाडौं। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सरकारले संघीय शिक्षा विधेयक चाँडै सदनमा पेस गर्ने अपेक्षा व्यक्त गरेका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा उनले शैक्षिक क्षेत्रमा चासो र प्रतीक्षा भएकाले उक्त विधेयक चालु अधिवेशनमै आउनेमा आशा व्यक्त गरेका हुन्।

सभामुख घिमिरेले नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक केन्द्र बनाउन सरकारी र निजी क्षेत्रबाट समन्वयको खाँचो औँल्याए। उनले भने, ‘देशको राजनीति जस्तो हुन्छ, मूलतः शिक्षाको अवस्था पनि त्यस्तै हुँदै जान्छ। शिक्षाले देश विकास गर्न सक्छ। विदेशबाट पनि ज्ञान आर्जन गर्नका लागि नेपाललाई शिक्षाको हब बनाउन सकिन्छ। नेपालको शिक्षाले विदेशी विद्यार्थीहरूलाई तान्न सक्छ। यसबाट नै हामीले प्रयोगशाली राष्ट्र बनाउन सकिन्छ।’

तर एसइईपछि विद्यार्थीहरू विदेशिने बढेकोप्रति सभामुख घिमिरेले चिन्ता व्यक्त गरे। उनले नेपाललाई सुहाउने खालको शिक्षाको विकास गर्ने सन्दर्भमा विश्व विद्यालयसँग सम्बन्धित शिक्षा नीतिहरू आए पनि व्यवहारमा अझै लागू गर्न केही समस्या देखा परिरहेको उल्लेख गरे।

उनले भने, ‘नेपाललाई सुहाउने खालको शिक्षाको विकास गर्ने सन्दर्भमा विश्व विद्यालयसँग सम्बन्धित शिक्षा नीतिहरू आए पनि व्यवहारमा अझै लागू गर्न केही समस्या देखा परिरहेका छन्। परिवर्तित समयसँगै नयाँ शिक्षा ऐन ल्याउने बारेमा प्रत्येक सरकारले कोसिस गरेका छन्। तर सफल हुन सकेका छैनन्। यी ऐन ल्याउन चुनौती जस्तो देखिएको छ। ऐन ल्याउन अहिले संसद् चलिरहेको छ, छिटो ढंगबाट आउन सकोस्।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्