घुसस लिएको आरोपमा वडाअध्यक्ष र वडा सचिव पक्राउ

ghuss
लोकपाटी न्यूज

काठमाडौं। धनुषा जिल्लाको नगराइन नगरपालिका वडा नं २ का वडाअध्यक्ष बुलन यादव ७० हजार घुससहित पक्राउ परेका छन्।

आज वडाअध्यक्षसहित सोही वडाका सचिव अमृतनारायण मिश्र पनि घुससहित पक्राउ परेका हुन्। वडाअध्यक्ष यादव र वडा सचिव मिश्रले सडक निर्माण कार्य सम्पन्न सिफारिस गरिदिएबापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले पक्राउ गरेको हो।

दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार सेवाग्राहीबाट ७० हजार घुस लिइसकेको अवस्थामा घुस रकमसहित नगराइन चोक धनुषाबाट नियन्त्रणमा लिइएको हो। उनका अनुसार उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्