बाजुरामा चट्याङ लागेर एकको मृत्यु

Lightning-chatang
लोकपाटी न्यूज

राजेन्द्र विक/ बाजुरा, ३१जेठ। बाजुरामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका वडा नम्बर १ का ३१ वर्षीय युवक यमराज विष्ट रहेका छन्।

मंगलबार साँझ अविरल वर्षासंगै परेको चट्याङ लाग्दा विष्टको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार मृतक विष्ट देउडा पाटन भन्ने ठाउँमा भैंसी गोठालो गएका थिए। राती करिव ८ बजे भैंसी खर्कमा बसिरहेका बेला नजिकै रहेको रुखमा एक्कासि चट्याङ परेर विष्टको मृत्यु भएको प्रहरिले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्