काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य अवस्था सामान्य देखिएको छ। परीक्षणका क्रममा प्रधानमन्त्री प्रचण्डको स्वास्थ्य अवस्था सामान्य देखिएको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथ बास्तोलाले जानकारी दिए।
स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री प्रचण्ड सोमबार दिउँसो थापाथलीस्थित नर्भिक अस्पताल पुगेका थिए। त्यहाँ उनको पूर्ण स्वास्थ्य परीक्षण भएको थियो। करिब डेढ घण्टा समय लगाएर उनको सम्पूर्ण स्वास्थ्य जाँच गरिएको नर्भिक अस्पतालले जनाएको छ।




लोकपाटी न्यूज

