सुनको मूलय बढ्यो, तोलाको कति ?

Gold
लोकपाटी न्यूज

काठमाडौं। नेपाली बजारमा आज मंगलबार सुनको भाउमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ।

आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १२ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्