काठमाडौं। स्कटल्याण्डका पूर्व प्रथम मन्त्री निकोला स्टर्जन पक्राउ परेका छन्। स्कटिस नेसनल पार्टी (एसएनपी) को आर्थिक सहयोग र वित्तिय सम्बन्धमा चलिरहेको अनुसन्धानको सम्बन्धलाई लिएर उनलाई पक्राउ गरिएको हो। एसएनपी स्कटिश स्वतन्त्रताको समर्थक हो।
प्रहरीले उनको नाम नलिई एक विज्ञप्ति जारी गर्दै भने, ‘एक महिला (५२ वर्षीया) लाई शङ्कास्पदका रूपमा हिरासतमा लिएको छ र सोधपुछ भइरहेको छ।’
गत अप्रिलमा उनका श्रीमान्, पूर्व एसएनपी प्रमुख कार्यकारी पिटर मुरेलको गिरफ्तारी र रिहाइ पछि उनलाई पनि पक्राउ गरिएको हो। स्टर्जनका प्रवक्ताले पुष्टि गरे कि उनी आइतबार प्रहरी अनुसन्धानमा भाग लिएकी थिइन्।



लोकपाटी न्यूज

