पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

dubnu-death
लोकपाटी न्यूज

जाजरकोट। पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ। भेरी नगरपालिका–१३ खानेपानी तथा सिँचाइ पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा नरबहादुर बस्नेतका वर्ष ८ का छोरा पाण्डप बस्नेत र टीकाराम बस्नेतका वर्ष ९ का छोरा प्रमोद बस्नेत रहेका छन्। स्कुलबाट फर्केर खाजा खाईवरी पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जानकारी दिएको छ।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्